Posted on: 2010-02-02
आफ्नो मुलुकमा अध्ययन गर्न आउने विद्यार्थीका लागि बेलायतले गत वर्षदेखि लागू गरेको 'टायर फोर प्याकेज भिसा' स्थगन गरेपछि भिसाका लागि आवेदन दिएका करिव ३ हजार विद्यार्थी अलपत्र परेका छन्।
काठमाडांैस्थित बेलायती दूतावासले विज्ञप्ति प्रकाशन गरी सोमबारदेखि उक्त प्रक्रियाबाट विद्यार्थी भिसा आवेदन नलिने जनाएको छ।
टायर फोर भिसाअन्तर्गत दक्षिण एसियाली मुलुकबाट बेलायत अध्ययनका लागि अपेक्षा गरिएभन्दा बढी विद्यार्थी आएकाले भिसा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ। भिसा प्रक्रिया चाँडै सुचारु गर्ने विज्ञप्तिमा उल्ल्ोख भए पनि कहिलेदेखि भन्ने उल्लेख छैन। जानकार अधिकारीहरू ५/६ महिनाअघि भिसा प्रक्रिया सुरु नहुने बताउँछन्।
काठमाडौंको इनफोम्याटिक्स कलेजबाट एडभान्स स्टडिज सिध्याएर बेलायतको इस्ट युनिभर्सिटीमा थप एक वर्ष अध्ययन गर्न नाम लेखाइसकेका पोखराका दिवेश्वर गुरूङ मंगलबार भिसाका लागि कागजात पेस गर्ने समयको प्रतीक्षामा थिए। गुरूङले भिसाका लागि कागजात पेस गर्न तय भएको अघिल्लै दिन भिसा प्रक्रिया रोकिएको छ। गुरूङले भने, 'बल्लबल्ल समय आएको थियो, तर यही बेला स्थगन भयो।' अब के हुन्छ भन्नेबारे उनी अन्यौलमा छन्। आफ्ना पाँच साथीसमेत अन्यौलमा रहेको बताउँदै उनले भने, 'समय पनि बर्बाद भयो, धेरै पैसा पनि खर्च भयो।
बेलायतको इस्ट युनिभर्सिटीमा भर्ना हुन मात्र ५ लाखभन्दा बढी पैसा बुझाइसकेको उनले बताए। विश्वविद्यालयमा भर्ना र भिसा प्रक्रियामा २ लाख गरेर ७ लाख खर्च भइसकेको उनी बताउँछन्। उनले विश्वविद्यालयमा आधा शुल्क बुझाइसकेका थिए। भिसा प्रक्रिया नरोकिएको थियो भने फ्रेबुवरीदेखि उनको कक्षा सुरु हुने थियो। उनले भने, 'अब चाँडो भयो भने सेप्टेम्बरको सेसन भ्याउन सकिन्छ।'
'फोर टायर प्याकेज' पछि हालसम्म करिब १० हजार विद्यार्थी बेलायत गइसकेको नेपाल वैदेशिक शिक्षा परामर्शदाता संघ (नेक्यान) का अध्यक्ष अरुण लामिछाने बताउँछन्। लामिछानेका अनुसार बेलायतको पछिल्लो निर्णयले भिसा आवेदन गरेका करिब ३ हजार विद्यार्थीको प्रक्रिया अवरुद्ध भएको छ। बेलायत अध्ययन गर्न जान चाहनेले वैदेशिक शिक्षा परामर्शदातामार्फत कलेज, विश्वविद्यालयमा भर्ना भएपछि मात्र भिसाका लागि आवेदन दिन्छन्।
भिसाका लागि आवेदन गरेर मंगलबार कागजात पेस गर्ने पालो पाएका दिपेश स्थापित पनि समय र पैसा बर्बाद भएकामा चिन्तित छन्। उनले भने, 'विस्तृत जानकारी पाएको छैन, अहिल्यै केही भन्न सक्दिनँ।'
बेलायतका सयभन्दा बढी कलेज युके इमिग्रेसन नियमअनुसार नचलेका भन्दै केही दिनअघि सरकारले बन्द गरेको, विद्यार्थीको डकुमेन्ट गलत भएको, आइएलटिएस पास नगरी गएका विद्यार्थीले अंग्रेजी बोल्न र बु‰न नसकेको तथा बैंक ब्यालेन्स पनि गलत देखाएको पाइएकाले भिसामा रोक लगाएको आशंका लामिछानेले गरे।
'टायर फोर भिसा सुविधाअघि नेपालबाट वर्षमा ९० भन्दा कम विद्यार्थी बेलायत पढ्न जान्थे,' उनले भने, 'यो प्याकेजले विद्यार्थीलाई भिसा लिन सजिलो पारेकाले अत्याधिक गएका छन्।'
बेलायत सरकारले सन् २००९ अप्रिलमा विद्यार्थीका लागि 'टायर फोर प्याकेज' ल्याएको थियो। यसअनुसार विद्यार्थीले एक वर्षका लागि खान-बस्न र शिक्षण शुल्क तिर्नसक्ने बैंक ब्यालेन्स देखाए बेलायतको भिसा पाउने व्यवस्था थियो। आइइएलटिएस कोर्स, अभिभावकको थप आय र अन्य कागजात देखाइरहन नपर्ने व्यवस्था थियो।
भिसा प्रक्रिया बन्द गरेको पछिल्लो बेलायती निर्णयबाट दक्षिण एसियाका नेपाल, बंगलादेश, भारतलगायत मुलुकका विद्यार्थी प्रभावित भएका छन्।
- Google pulls plug on Google Wave
- शोभराज पत्नी निहिता र सासू थुनामा
- Man finds $5000 in pot in auction painting
- Nepal's call to be king of the small
- अष्ट्रेलियामा नेपाली मिडियाको भूमिका" विषयक अन्तर्क्रिया सम्पन्न
- Radio review to consider more regulation
- Mobile phones become pocket banks in poor countries
- Facebook users asked to dob in tobacco firms


















